समाचार

धादिङमा कोरोनाका कारण युवकको मृत्यु

covid 19 dead

२६ भदौ, धादिङ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ ।

निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको  यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आज बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस