
२६ भदौ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुपबिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित जंगी अड्डामा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भेटका क्रममा प्रधान सेनापति थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस