समाचार

वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

shivshanker

२६ असोज, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई दुई दिन अघि नै पक्राउ गरेको भएपनि आज सोमबार सार्वजनिक गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत उनले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीहरुको चेकजाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी प्रहरीकोमा आएको थियो ।

डाक्टरको नाममा प्रयोग गरेर आफैंले बिरामी चेकजाँच गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको गुनासो आएपछि नारदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

उनी विरुद्ध मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को इलाज सम्बन्धी कसुर शीर्षकमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस