समाचार

घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक बन्ने

road open

२७ असोज, काठमाडौं । महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम सुरु भएको छ । कुल ८७ किलोमिटर लम्बाइको यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । नेपाली सेनाले दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने घोडेटो बाटोको ट्र्याक सञ्चालनमा आएपछि नयाँ कामको थालनी भएको हो ।

निर्देशनालयका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारबाट सेनालाई प्राप्त भएको जिम्मेवारी बमोजिम महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर सडक निर्माणको सर्वे सुरु गरिएको जानकारी दिए । सर्वेका साथै सो सडकको निर्माण सम्पन्न गर्न यो वर्ष नै हुम्लिङ र माल भन्ने स्थानमा दुईवटा क्याम्प राखिने जानकारीसमेत उहाँले दिनुभयो । सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोलेपछि नेपाली सेनाले स्थानीयलाई हस्तान्तरणसमेत गरिसकेको छ ।

घाँटीबगर–टिङ्कर सडक निर्माण गर्न सर्वे लगायतको कामलाई अगाडि बढाउन नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सदस्यीय प्राविधिक टोली काठमाडौँबाट दार्चुलाको खलङ्गा पुगी काम अगाडि बढाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । “सेनाको टोलीले त्यहाँ सडक निर्माणका लागि क्याम्प स्थापनाका साथै सर्वे र डिजाइनको काम गर्ने छन्,” सैनिक प्रवक्ता पौडेलले भने, “निर्माण कार्य सम्पन्न भएसम्म टोली त्यहीँ रहने छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *