
२७ असोज, काठमाडौं । नासाको जानकारी अनुसार १३ अक्टोबर अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ ।
वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ ।
यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ । यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा आउने खगोलबिद्हरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस