समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

२७ असोज, काठमाडौं । हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्‍न चापीय क्षेत्र रहेको छ । उक्त निम्‍न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस