समाचार

आजबाट सार्वजनिक सवारीमा क्षमता अनुसार यात्रु राख्न पाइने

buspark

२७ असोज, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत महिनादेखि सुरु भएको लकडाउन र निषेधाज्ञापछि सरकारले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढ्दै गएको बेला व्यवसायीको दबाबमा पूर्ण क्षमताअनुसार सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने दोब्बर लिदैँ आएका थिए । दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस