समाचार

चिकित्सकलाई कोरोना देखिएपछि लहानको रामकुमार स्मारक अस्पतालका सबै सेवा बन्द

covid 19

२७ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एक चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस