२७ असोज, बुटवल । लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ ।
नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ । उनलाई गएराति संक्रमण पुष्टि भएको हो ।
आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसी लगायतलाई संक्रमण पुष्टि भइसकेको छ । हाल उनीहरू होम आइसोलेनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस