समाचार

खेत निर्माण गर्ने क्रममा विवाद हुँदा दुई जना गम्भीर घाइते

kutpit

२७ असोज, बझाङ । बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बित्थडचिर – ६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा  छन् । उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ । घाइते दुवैलाई उपचार हुन गराउन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ । अभियुक्त नाथलाई प्रहरीले भाग्ने क्रममा बझाङको धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस