समाचार

चितवनमा थप एक ७८ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

cmc

२७ असोज, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको हो ।

उनलाई असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार उनी प्रोस्टेट क्यान्सरबाट पनि पीडित थिए ।

योसँगै चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस