समाचार

रुपन्देहीमा जिपको ठक्करबाट एकजनाको मृत्यु

death youth

२७ असोज, बुटवल । रुपन्देहीमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।

लु.१ य ८ नम्बरको जिपले सिद्धार्थ नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचीरहेको समयमा बिनोदलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस