समाचार

सस्तोडिलद्वारा नेपालकै ठूलो अनलाइन सपिङ मेला ’बिग डिल एट सस्तोडिल’ घोषणा

sastodeal offer

२७ असोज, काठमाडौं । नेपालको अग्रणी स्थानीय ई-कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तोडिल’ अफर ल्याएको छ । असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने अफरमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने सस्तोडिलका संस्थापक अमुन थापाले बताए ।

सस्तोडिलको अफर अनलाइन सपिङ माध्यमको सबैभन्दा ठूलो मेला भएको थापाले बताए । यसले देशभरका विक्रेताहरुको उत्पादनहरुलाई एउटै प्लेटफर्ममा सामेल गर्नेछ । विभिन्न आकर्षक अफरसँगै निशुल्क होम डेलिभरी गरिने थापाले जानकारी दिए ।

पछिल्लो समय बजारमा रुचाइएका र उत्कृष्ट ३० भन्दा बढि उत्पादनहरू समावेश गरिनेछ बताइएको छ । पुरुष तथा महिलाको फेसन, स्मार्टफोन र ट्याबलेटहरू, घरायसी उपकरण, साङ्गीतिक उपकरणहरू लगायतका उत्कृष्ट उत्पादनहरू उपभोक्ताले फेला पार्न सक्षम हुने थापाले जानकारी दिए ।

ज ड्रपिङ डिस्काउन्टः
यो अफर सपिङ मेलाको सबैभन्दा आकर्षण मानिएको छ जस अन्तर्गत ३० भन्दा बढि लोकप्रिय ब्रान्डका सामान ८० प्रतिशत सम्म छुट व्यवस्था छ ।

फ्ल्यास सेल र विशेष ब्रान्डः
हरेक दिन सस्तोडिलमा ५ वटा फ्ल्यास सेलमा भारी छुटका साथ सार्वजनिक गर्नेछन् । विशेष ब्रान्ड सम्झौतामा केटीएम सिटि, अन्ता, टाइटन, मिचा, नाइके, स्किचर्स, क्यालिबर, बल्ट्रा, सामसुङ, सीजी इलेक्ट्रोनिक्स, एलजी लगायत अन्य ब्रान्डहरूका उत्पादनहरु सामेल हुनेछन् । यो अफर असोज २७ गतेदेखि कात्तिक १ गते सम्म लागु हुनेछ ।

लक्की ड्र र गिफ्ट ह्याम्परः
उपभोक्ताले लक्की ड्र मार्फत एसडी स्क्र्याच कार्डका विभिन्न गिफ्ट पाउनेछन् । ग्राहकहरूले हरेक डेलिभरीको साथ एक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जस अन्तर्गत उपभोक्ताले १० हजार रुपैयाँ बराबरको छुट र ४९ इन्चको मारक्यु टिभीे बम्पर पुरस्कार पाउनेछन् । लक्की ड्र हरेक दिन गरिने बताइएको छ ।

उपभोक्ताहरुले हरेक दिन १२ वा सो भन्दा बढि उपहार जित्न अवसर पाउनेछन् । उपहारमा स्मार्टफोन र स्मार्ट ग्याजेटहरू समावेश छन् । यो योजनामा ग्राहकरुले अर्डर गरेपछि स्वचालित रूपमा त्यस विशेष दिनको लक्की ड्रमा ग्राहकहरु समाबेस हुनेछन् । अर्डर गरेको भोलिपल्ट सस्तोडिलको अफिसियल फेसबुक पेजबाट ७ बजे लाइभ मार्फत उपहार खोलिने बताइएको छ ।

अन्य छुट भौचरहरूः
ग्राहकहरूले सस्तोडिलको वेबसाइटबाट खरिद गर्दा ५ हजारभन्दा बढिको छुट उपलब्ध हुनेछ । यी अतिरिक्त छुटको मज्जा लिन ग्राहकहरूले ’चेकआउट’ पृष्ठमा छुट कोड भर्नु पर्नेछ । जुन छुट रकम स्वचालित रूपमा कुल रकमबाट घटाइनेछ ।

क्यासब्याक अफरः
सस्तोडिलले मोबाइल वालेट आईएमई पे र बैंकहरू एनआईसी एशिया, एचबीएल, एनएमबी बैंक, एनआईबीएल र सनिमा बैंकसँगबाट भुक्तानी गरेको खण्डमा २५ प्रतिशत सम्म क्यास ब्याक दिने बताइएको छ ।

आफ्नो मनपर्ने उत्पादनहरूमा छुटको लागि पर्खिरहेका ग्राहकका लागि सस्तोडिलको अनलाइन मेला आकर्षणको केन्द्र हुने बताइएको छ । कोभिड १९ का कारण सुरक्षा सावधानी अपनाउँदै घरै बसेर सपिङ गर्न चाहने ग्राहकका लागि सस्तोडिल उत्कृष्ट गन्तव्य बनेको थापाले बताए ।

सस्तोडिलको अनलाइन मेलाले केवल ठूला ब्रान्ड मात्र होइन साना र मध्यम व्यवसायका आकर्षक उत्पादनहरू पनि ल्याउने र उनिहरुको ब्यवसायको प्रवर्द्धनमा सघाउने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *