अर्थनीति

डीडीसीमा भेटियो एक लाख ९४ हजार किलो म्याद गुज्रिएको बटर

ddc butter

२७ असोज, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)काे गोदाममा एक लाख ९४ हजार ९७५ किलो लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो ।

डिडिसीको बालाजुस्थित प्लान्टका चारवटा गोदाममा भण्डारण गरि राखिएको उक्त बटरलाई डिडिसीले भने म्याद नसकिएको र गुणस्तरीय नै रहेको भनी दाबी गरेको छ । यद्यपी महानगरपालिकाले उक्त बटरको नमुना संकलनका गरी म्याद सकिएको वा नसकिएको बारे यकीन गर्न परीक्षणका लागि पठाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कुनै पनि वस्तुमा अनिवार्य रुपमा लेबलिङ गर्नुपर्ने भएपनि सुजल डेरीबाट डिडिसीले किनेको बटरका कार्टुनमा लेबलिङ नभेटिनुले उक्त वस्तु म्याद गुज्रिएको हुन सक्ने र म्याद सकिएका सामान किनेर डिडिसीका कर्मचारीले आर्थिक चलखेल गरेकोसमेत हुनसक्ने आशंका गरिएको छ ।

ddc butter 1 ddc butter 2

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस