
२७ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २१ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१ सय २९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा १७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, मंगलबार नेपालमा थप ३५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस