समाचार

लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण

Krishni Tharu

२७ असोज, बुटवल । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत आइतबार काेराेना परीक्षण गरेकोमा मंगलबार उनको रिपोर्ट पाेजेटिभ आएको हो ।

थारुले आफूलाई कोरोना संक्रमण देखिएकाले सम्पर्कमा आएकाहरुलाई सतर्क रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन् ।  यसअघि सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको थियो । यस्तै प्रदेशसभा लेखा सभापति डिल्लीबहादुर चौधरीलाई पनि कोरोना संक्रमण भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस