समाचार

होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित महिलाको मृत्यु

covid 19 dead

२७ असोज, चितवन । चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो ।

उनको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भइ असोज २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी मृतक वद्धामा २३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी उनको मंगलबार मृत्यु भएको हो । उनको शव सेनाको समन्वयमा व्यवस्थापनको काम भइरहेको कार्कीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस