समाचार

एन्टिजेनका आधारमा कोरोना परीक्षणको तयारी

antizeen

२८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस (कोभिड–१९) परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले कोरोनाको परीक्षण तत्कालै गराउन सहयोग पुुग्नेछ । ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा चौथो संशोधन गर्दैै यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । यसको अधिकतम मूल्य हाल एक हजार रुपियाँ तोकिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एन्टिजेनको किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिमको ‘बायोसेफ्टी क्याबिनेट’ तथा अन्य सुरक्षा विधि पालना गर्नुपर्ने बताए ।

परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र व्यक्ति स्वयंलाई जानकारी गराउनुपर्नेछ भने रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई मात्रै जानकारी गर्नुपर्नेछ । एन्टिजेनको नतिजा केही मिनेटमै आउने गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस