समाचार

अस्पताल लग्दै गर्दा कोरोना संक्रमितको बाटोमै मृत्यु

corona death nepal

२८ असोज, बुटवल । अस्पताल लग्दै गर्दा नवलपरासी पश्चिमका एक कोरोना भाइरस संक्रमितको बाटोमै मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी नवलपरासी सुनवल–४ की ७७ वर्षीय एक वृद्धा २ दिनदेखि आईसीयू बेड कुर्दै गर्दा गत राति मृत्यु भएको हो । उनलाई गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना  गरिएको थियो ।

ती वृद्धलाई सोही दिनदेखि नै आईसीयूमा राख्नुपर्ने भएपनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिभर क्लिनिक सेन्टरमा राखिएको थियो । बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसीयू बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मुटुको रोगी तथा रगतको कमी भएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *