
२८ असोज, काठमाडौं । नेपाली बजारमा बुधबार आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस