अटो

रनर मोटरसाइकलको खरिदमा ५१ हजारसम्म नगद छुट

nner bike offer

२८ असोज, काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।

कम्पनीले यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ । साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । यस्तै कुनैपनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने कम्पनीको भनाइ छ ।

देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहार अन्तर्गत रु ५१ हजारसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन् । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम  मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस