बैँक / वित्त

सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Sanima Bank

२८ असोज, काठमाडौं । सानिमा बैंकल आफ्ना लगानीकर्तालाई १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ३.६० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने  ३१ करोड ६८ लाख ४९ करोड ६ सय ८०रुपैयाँ नगद लाभांश दिनेछ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति  र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार हुनेछ । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत  बोनस सेयर वितरण गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस