२८ असोज, काठमाडौं । नेपालको लागि स्याङयोङ् मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।
यस योजनामा ग्राहकले ३ लाख सम्म छुटप्राप्त गर्न सक्ने जनाइएको छ । साथै आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरे बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोडिभ वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरी) लाई थप १ लाख डिस्काउन्ट दिइने जनाएको छ ।
साथै एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिला फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत, २५,००० रुपैयाँ बराबरको निःशुल्क पाटपुर्जा, निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) को समेत सुविधा प्रदान गरिएको छ ।
स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर असोज २८ गतेदेखि कार्तिक २६ गते सम्म हुनेछ ।