
२८ असोज, काठमाडौं । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । संक्रमितमध्ये ८० हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६७५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस