
२८ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४ सय ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, नेपालमा थप २६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस