२८ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ ।
ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्से बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ । हालको विषम् परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्नै र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यसाथ यो सेवाको सुरुवात गरेको जनाएको छ ।
साथै कोभिड १९ को त्रास अझैँ पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस