
२८ असोज, काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे अर्को महीना नेपाल भ्रमणमा आउने भएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नरावणे नेपाल आउन लागेको बुधबार विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो ।
उनी कात्तिक महीनाभित्र नेपाल आउने कार्यक्रम तय भएको निर्देशनालयले जनाएको छ । सरकारले गएको २० माघ २०७६ को मन्त्रिपरिषद् बैठकबाटै नरावरणेको नेपाल भ्रमणसम्बन्धी निर्णय गरेको थियो । तर, त्यसलगत्तै शुरु भएको कोरोनाभाइरस संक्रमणको महामारी र बन्दाबन्दीका कारण भ्रमणपछि सरेको सेनाले उल्लेख गरेको छ ।
भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस