२८ असोज, काठमाडौं । बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयरपुरले त्रियुगा नगरपालिका–११ घर भएका ४८ बर्षिय राम सेवक चौधरी उर्फ शेक्पा लाई पक्राउ गरेको हो ।
उनीविरुद्ध बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गर्दै ३ वर्ष कैदको फैसला गरेको थियो । २० वर्ष पहिले जबरजस्ति करणीको मुद्दा लागेपछि चौधरी फरार अवस्थामा थिए ।
उनलाई बुधबार फैसाला कार्यन्वयनका लागि जिल्ला अदालतमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस