२८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।
प्रवक्ता श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् ।
नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत जवाफ दिँदै भनेका छन्–बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौँ । सबै उच्च पदासिनहरुको सम्पत्ति छानबिन गरौँ । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाऊँ ।”