२९ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार देखिएको छ ।
नेता खनालमा प्रेसर र स्वासप्रस्वास सम्बन्धी समस्या आएपछि बुधबार उनलाई मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको थियो । नेता खनालको स्वास्थ्यमा सुधार आइरहको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार सम्भवत: आज डिस्चार्ज हुनसक्ने डाक्टरहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस