राजनीति

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

mantri sapath

२९ असोज, काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले पथ तथा गोपनीयताको सपथ लिएका छन् ।

बिहीबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई क्रमशः अर्थ, शहरी विकास र महिला बालबालिका तथा जेष्ठ मन्त्रीमा पद तथा गोपनियताको सपथग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पौडेल र श्रेष्ठद्वयलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । सपथ लगत्तै तीनै जना मन्त्रीले आजै सिंहदरवार पुगेर कार्यभार सम्हाल्दैछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस