
२९ असोज, काठमाडौं । प्रतिनिधिसभाकी सांसद सानु शिवा पहाडीको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । त्यस्तै पहाडीको पार्थिव शरीरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
सांसद पहाडीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनलाई श्रदाञ्जली दिनका लागि आफन्त, सांसद र नेकपाका कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।
लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा बुधबार निधन भएको थियो । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस