
२९ असोज, रौतहट । ईलाका प्रहरी कार्यालय गरुडाले लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका १ भसेढवा खोरटोलका तपसी दशको छोरा २२ वर्षीय सञ्जय दास रहेका छन् । प्रहरीले उनलाई कटहरीया नगरपालिका वडा नम्बर ५ पानी टयाङकी स्थित कटहरीया भसेडवा पिच सडकखण्डमाबाट पक्राउ गरेको हो ।
कटहरीया बजारतर्फ जानको लागी पैदल आउँदै गरेका दासको दाहिने हातमा झुण्डयाई ल्याएको रातो रंगको झोलामा सो परिमाणको गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिए ।
पक्राउ परेका दासलाई रौतहट जिल्ला अदालत गौरबाट पहिलो पटक दिन १५ को म्यादथप गरी अनुसन्धान कार्य भईरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस