
२९ असोज, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा बिहिबार काठमाडौं म्यारियट होटल,नक्सालमा सम्पन्न भएको हो ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षडा. आत्माराम घिमिरेज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
२०६४ सालमा दर्ता भै २०७४ मंसिर २८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष डा.आत्माराम घिमिरे लगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।