२९ असोज, काठमाडौं । कोरोना संक्रमित बिरामीलाई पनि परीक्षामा सहभागी हुने वातावरण बनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हो ।
कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले मापदण्ड बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस