समाचार

गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

covid 19

२९ असोज, पोखरा । गण्डकी प्रदेशमा ५२  कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा सबै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सङ्क्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *