समाचार

यातायात कम्पनीको रुट परमिट खारेज

griha mantri

२९ असोज, काठमाडौं । सरकारले यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको छ ।

आज गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारी सहितको बैठकले गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको हो ।

केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।

बैठकले सिण्डिकेट खारेजी यसअघिको गृहमन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस