समाचार

भूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनर्निर्माण हुने

sindhupalchowk gumba

३० असोज, सिन्धुपाल्चोक । विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ ।

भारतको कर्णाटक राज्य सरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा निर्माण हुन लागेका हुन् ।

सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा ल्हार्क्याल लामा, बागमती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणका हुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेको सांसद तामाङले बताए ।

पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति आभार प्रकट गरे । ऐतिहासिक गुम्बाहरूको पुनःनिर्माण हुने खबरले आफूहरु हर्षित भएको मेलम्ची घ्याङबासी र सुलिकोट घ्याङबासीले बताए यसैगरी नवलपुर गुम्बा र लिस्ती गुम्बा निर्माणका लागि पनि छिटै बेलपत्र आह्वान गरिने सांसद तामाङले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस