बैँक / वित्त

सानिमा जनरल इन्सुरेन्सको आईपीओ बाँडफाँट : ५ लाख ९० हजार आवेदकको हात खाली

sanima general

३० असोज, काठमाडौं । सानिमा जनरल इन्सुरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ता भने आईपीओ हात पार्न बञ्चित भएका छन ।

कम्पनीले गत साता आह्वान गरेको प्राथमिक शेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए । लगानीकर्ताले एक करोड ८५ लाख ९१ हजार कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा ६.८१ गुणा बढी आवेदन परेको थियो ।

तीन लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीले प्राप्त गरेका छन् भने म्युचुअल फण्डले एक लाख ५० हजार कित्ता प्राप्त गरेका छन् । प्राथमिक शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको छ । जसमा संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस