
३० असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रहरीको कार्यसम्पादन उच्च रहेको बताएका छन् ।
६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले प्रहरीका कमजोरीको मात्रै प्रचार गर्ने गरेको भन्दै दुखेसो गरेका छन् । उनले भने, “हजारौं राम्रा कामहरुलाई नजरन्दाज गर्ने हाम्रो समाजले औंलामा गन्न मिल्ने कमजोरीको मात्रै प्रचार गर्छ । कमजोरीको प्रचार गर्नेले राम्रो कामको प्रशंसा गरेनन् । ”
गृहमन्त्री थापाले प्रहरी आकर्षणको केन्द्र बनिरहेको दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस