विश्व/प्रवास

आइतबारदेखि जापानका नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण

Yoshihide Suga

३० असोज, काठमाडौं । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिए ।

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जानुहुने उनले बताए । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए ।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक वर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस