
३० असोज, पोखरा । गत चैतमा सरकारले लकडाउन गरेदेखि नै बाहिरी व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाएका घान्द्रुकबासीले दसैंतिहारजस्ता चाडपर्व घरमै मात्र मनाउने निर्णय गरेका छन् ।
घान्द्रुक पर्यटन समितिको बिहीबारको बैठकले आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई प्रवेश नगराउने निर्णय गरेको पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले जानकारी दिए । उनका अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् ।
मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस