
३० असोज, काठमाडौं । गृह मन्त्रालयले यस वर्षको नवरात्रीमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न निर्देशन दिएको छ ।
बिहीबार ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले कोरोना संक्रमणको जेखिम रहने भन्दै कुनै पनि मठमन्दिर र शक्तिपीठ नखोल्न निर्देशन दिएको हो ।
गृहले एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णय नगरेसम्मका लागि मठमन्दिर तथा शक्तिपीठहरुमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन खोल्नका लागि निर्देशन दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएपनि शक्तिपीठ खोल्नेबारेमा हालसम्म कुनै निर्णय भएको छैन ।
प्रतिक्रिया दिनुहोस