
३० असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्त्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर-११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
सव डिभिजन वन कार्यालयले ट्र्याक्टर चालकसहित पक्राउ गरेको काठ छुटाउनका लागि रेन्जर राम अवतार चौधरीले घुस मागेको र उनलाई घुस रकम दिन पुगेका अध्यक्ष रानालाई पनि आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
उनलाई नियन्त्रणमा लिई थपअनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस