समाचार

केन्ट आरओको दशैँ र तिहार अफर सार्वजनिक

KENT

३० असोज, काठमाडौं । ईओएल नेपालमा केन्ट उत्पादनका लागि एकमात्र आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले दसैं-तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धीकरणका लागि प्रयोग हुने केन्ट आरओले “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्” भन्ने नारासहित अफर सार्वजनिक गरेको जनाएको छ । यसअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा चारवटा एलईडी बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना असोज १ देखि सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ ।

यसैले, प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस