समाचार

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

raper association

३० असोज, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् । उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।

प्रहरीले यसअघि नै सो ग्रुपमाथि अनुसन्धान अघि बढाएको थियो । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस