समाचार

४ लाख घुससहित प्रहरी हवल्दार दम्पती पक्राउ

CIAA-Butwal

३० असोज, बुटवल । पक्राउ परेका अभियुक्तलाई धरौटीमा छुटाइदिन सहयोग गर्ने भन्दै लिएको ४ लाख रुपैयाँ घूस रकमसहित इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार र उनकी पत्नी शुक्रबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसलबाट हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई दिउँसो साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस