३० असोज, काठमाडौं । नगदरहित ढंगले दशैं मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै connectIPS सँगै“ भन्ने योजना ल्याएको छ ।
यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म connectIPS मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँको गिफ्ट भाउचर प्राप्त गर्न सक्नेछन् ।
कनेक्ट आईपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले https://www.connectips.com वा यसको मोबाईल एप्समा रहेको “ट्रान्सफर डिजिटल दक्षिणा”मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।
बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाईनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् । ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आइपिएसको वेभसाइट https://www.connectips.com यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवेलगायतका माध्यमहरु प्रयोग गर्नसक्छन् ।