अटो

हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलोपटक भर्चुअल माध्यमबाट नयाँ एक्साभेटर सार्वजनिक

jcb

३० असोज, काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले हेभि इक्विपमेन्ट नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कम्पनीले भच्युअलमार्फत हेभि इक्विपमेन्ट सार्वजनिक गरेको हो । नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभलफिचर’हरु पनि राखिएको कम्पनीले जनाएको छ ।

नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१.५ टनको शक्तिशाली एक्साभेटर हो । यसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको जनाइएको छ ।

साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमाएचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पु¥याउँछ । यसमा७इन्चको एलसीडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ ।

नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ । यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्लाक्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता फिचर रहेको जनाइएको छ ।

३६६० एमएमलामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थभएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिकआयलको आयु पाँचहजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ । फ्युलइफिसेन्सीकालागियसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ । साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिकएक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिकओभरहिट जस्ता सूचना दिन्छ ।

यो मेसिन विशेष गरी नेपाली एक्साभेटर बजारलाई टार्गेट गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युलइफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस