समाचार

राष्ट्रियसभाका पूर्वसांसद श्रेष्ठको निधन

ram man shrestha

३० असोज, काठमाडौं । राष्ट्रियसभाका पूर्वसांसद प्रा. डा. राममान श्रेष्ठको निधन भएको छ । उनको काठमाडौं भीमसेनगोलास्थित निवासमा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्रेष्ठ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष पनि हुन् । उनी २०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

श्रेष्ठको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस